NMC-COOP

बाल बचतकर्तालाई रु.५००० पुरस्कार

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बुुधबारे सेवाकेन्द्रले बालबचतकर्ता सङ्गम खतिवडालाई विद्यालय प्रथम भएकोमा नगद रु.५,००० सहित पुुरस्कृत गरेको छ । कोल्बुुङ्ग ईलामको रिद्धि सिद्धि इङ्गलिस बोर्डिङ्ग स्कुुलमा कक्षा २ को फाइनल परिक्षमा विद्यालय प्रथम भएकोमा संस्थाको नीतिगत व्यवस्था बमोजिम बालबचतकर्तालाई नगद पुुरस्कार प्रदान गरिएको थियो ।विद्यालय परिसरमा भएको कार्यक्रममा बुुधबारे भौगोलिक एकाई उपसमिति १२ का संयोजक खगेन्द्र प्रसाद गड्तौलाले उक्त पुुरस्कार रकम प्रदान गर्नुभएको थियो । सेवाकेन्द्र प्रमुुख मान बाहदुुर बुुढाथोकिले सञ्चालन गरेको उक्त कार्यक्रममा २०० भन्दा बढी विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।यस प्रकारका कार्यक्रमले उक्त विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीहरु समेत उत्प्रेरित भएका थिए ।.

Related Posts :

Comments :