नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१ साल असार ११ गते एकै दिन रु.७०००० बारबारको सुुद्धाई खर्च र मृत्युु राहात बापतको रकम सदस्यहरुलाई प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुुरुप एकाघर परिवारका सदस्यको मृत्युुमा रु.१०००० प्रदान गर्ने क्रममा कालिकोशी सेवाकेन्द्रले एकाई नं ३ का सदस्य मेनुुका अधिकारी र भक्तमाया फुुँयललाई जम्मा २०,००० सुुद्धाई खर्च प्रदान गरेको थियो। त्यसैगरी सोही दिन एकाई नं ५ का सदस्य पदम कुुमारी नेपालको मृत्युुमा मृत्युु राहात वापत रु.५०,००० प्रदान गरेको थियो । कालिकोशी सेवाकेन्द्र अन्तर्गतको भौगोलिक एकाई उपसमितिको स्थानीय व्यवस्थापनमा सम्पन्न भएको सुुद्धाई खर्च तथा मृत्युु राहात भुुक्तानी कार्यक्रममा सञ्चालक समितिका सदस्य प्रेम प्रसाद मैनाली,सेवाकेन्द्र उपसमिति सदस्य कविराज भट्टराई,उपसमिति सदस्य जानुुका नेपाल लगायत अन्य उपसमिति पदाधिकारी तथा कर्मचारीहरु गरी जम्मा २५ जनाको उपस्थिति रहेको थियो ।
