NMC-COOP

सदस्यहरुलाई बेसिक लेवलको सदस्य शिक्षा कार्यक्रम

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल असार महिनाको १३ गते जेठ महिनामा सदस्य बन्नुुभएका जम्मा ६ जना नयाँ सदस्यहरुलाई सहभागि गराएर बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रम सेवाकेन्द्रको सभाहलमा सम्पन्न गरेको छ ।बेलबारी सेवाकेन्द्र अन्तर्गतको एकाई नं १,२ र ३ मा सम्पन्न भएको उक्त कार्यक्रममा बेलबारी उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सेवाकेन्द्र प्रमुुख रविन अधिकारीले सञ्चालन गरेको उक्त बेसिक लेबलको सदस्य शिक्षा कार्यक्रममा संस्थाको स्थापनाकाल देखी बर्तमान अवस्था, सञ्चालन गरिएका व्यवसाय,सदस्यलाई प्रदान गर्ने सेवा सुुविधा,सामुुदायिक अभियान ,व्यवसायगत उत्पादन आदीको बारेमा कार्यक्रममा जानकारी गराइएको थियो । संस्थामा सदस्यता लिए पश्चात तुुरुन्तै आयोजना हुुने यस प्रकारको कार्यक्रमले सदस्यहरुमा संस्था प्रतिको विश्वासनियतामा वृद्धि भएको देखिएको छ ।

Related Posts :

Comments :