नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गत एकाई नं १ मा सदस्यहरुको स्वेच्छिक सहभागितामा सञ्चालन भएको सामाजिक योगदानमा मेरो एका रुपैँया अभियान अन्तर्गत जम्मा भएको कोषबाट मिति २०८१।०३।१३ गते मेचीनगर ६ काँकरभिट्टामा रहेको परिर्वतन थिएटरलाई जम्मा ८ थान फेन र देवकोटा पार्कमा एक थान पिङ्ग वितरण गरिएको छ । कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी , भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । सेवा केन्द्र प्रमुुख उत्तम भण्डारीले सञ्चालन गरेको कार्यक्रममा जम्मा १५ जनाको उपस्थिति रहेको थियो । संस्थाले यस अभियानमा पहिलो वर्ष संकलन भएको रकममा १०० प्रतिशत, दोस्रो वर्ष ५० प्रतिशत ,तेस्रो वर्ष २५ प्रतिशत र त्यस पश्चात १० प्रतिशत रकम थप गर्दै आएको छ । दैनिक एक रुपैँयाको दरले सदस्यहरुबाट वार्षिक रुपमा ३६५ संकलन गरी सञ्चालन हुुँदै गरेको यस अभियान कार्यक्रममा करिव ६००० सदस्य स्वास्फूर्त रुपमा जोडिसकेका छन । यस अभिायन मार्फत विभिन्न स्थानमा सामाजिक कार्यहरु सम्पन्न भइसकेका छन् । २० जना सदस्यहरुबाट भौगोलिक एकाईमा गठन हुुने यस अभियानमा सदस्यहरुको सक्रिय सहभागिता देखिए सँगै यसले समाजमा संस्था प्रतिको विश्वसिनातामा समेत वृद्धि गरेको छ ।
८ थान फेन तथा १ थान पिङ्ग वितरण
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
कर्मचारीहरुलाई उद्घोषण तालिम
- 21 October 2024
रंगेलीमा सरसफाई कार्यक्रम समपन्न
- 06 October 2024
कर्मचारीस्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 29 September 2024
हल्दिबारीमा सरसफाइ कार्यक्रम
- 13 September 2024
एनएमसी समावेशी तीज
- 02 September 2024