NMC-COOP

CDP कार्यक्रम सञ्चालन

नेपाल बहुुउद्दृश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले सदस्यलाई भेला गराई मिति २०८१ साल असार १७ गते घर दैलो तथा CDP कार्यक्रम सञ्चालन गरेको छ । कालिकोशी सेवाकेन्द्र अन्तर्गत एकाई नं २ मा सम्पन्न भएको उक्त कार्यक्रममा जम्मा २३ जनाकोे सहभागिता रहेको थियो । कार्यक्रम अवधिमा जम्मा ३ जना नयाँ सदस्यलाई सदस्यता प्रदान गरिएको थियो । कार्यक्रममा संस्थाको संक्षिप्त परिचय, सञ्चालन गरिएको व्यवसाय, सदस्यलाई प्रदान गरिने राहात तथा सुुविधाका बारेमा जानकारी गराइएको थियो । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध स्थापना गर्न सहज भएको र समग्रमा सकारत्मक प्रभाव परेको विश्लेषण गरिएको थियो । विशेष गरी मृत्युु राहात कार्यक्रमको बारेमा गैर सदस्यहरुले चासो राखेका थिए । उक्त कार्यक्रमको सञ्चालन कालिकोशी सेवाकेन्द्र प्रमुुख सिता चौलागाँईले गरेकि थिइन् ।

Related Posts :

Comments :