नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको गरामनी सेवाकेन्द्रले संस्थाको नीतिगत व्यवस्था अनुुरुप सदस्य देविमाया मगरलाई निजको घरमै गई नगद रकम रु.२५००० बराबरको दीर्घ रोग उपचार राहत प्रदान गरेको छ । एकाई नं १ का सदस्य देविमाया मगरको दुुवै मृगौला खराव भएको पुुष्टाइँ पश्चात सेवाकेन्द्रको तर्फबाट रकम उपलब्ध गराइएको थियो । उपचार राहात वितरण गर्ने क्रममा गरामनी सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,एकाई नं १ का सदस्य सहजकर्ता तथा सेवाकेन्द्र प्रमुुख नवराज ढुुंगानाको उपस्थिति रहेको थियो । संस्थामा सदस्यता लिएको एक वर्ष पुुरा भएका र न्यूनतम रु.५००० शेयर रकम कायम भएका सदस्यलाई संस्थाको आन्तरिक नीति तथा कार्यविधिमा उल्लेख भएका जटिल प्रकारका रोग लागेमा उपचार राहात रकम प्रदान गरिँदै आएकोछ ।
