नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०३।१८ गते एकाई नं ६(धरहरा एकाई) मा बेसिक लेवल सदस्य शिक्षा कार्यक्रम र घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । जेठ महिनामा सदस्य बनेका जम्मा ६ जना सदस्यलाई भेला गरेर संस्था परिचय, संस्थाले सञ्चालन गरेका व्यवसाय र सदस्यलाई प्रदान गरिने राहात तथा सुुविधको बारेमा जानकारी गराइएको थियो भने २१ जना सम्भावित सदस्यकोमा घर दैलो अभियान सञ्चालन गरिएको थियो । दिनको २ बजे देखी ४ बजे सम्म सम्पन्न भएको उक्त कार्यक्रममा उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । यस प्रकारका कार्यक्रम सञ्चालनले सदस्यहरुमा संस्था प्रतिको विश्वासनियतामा वृद्धि भएको देखिएको छ । दुवै कार्यक्रमको सञ्चालन र सहजिकरण बेलबारी सेवाकेन्द्र प्रमुख रविन अधिकारीले गरेका थिए ।
एकै दिन बेसिक लेवल र घर दैलो कार्यक्रम सम्पन्न
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024