NMC-COOP

चुलाचुलीमा सरसफाई अभियान कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चुुलाचुुली सेवाकेन्द्रले मिति २०८१।०३।१९ गते एकाई नं ३ मा सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ । जम्मा १७ जना उपसमिति पदाधिकारी ,कर्मचारी तथा सदस्यहरु सहभागि रहेको उक्त कार्यक्रम संस्थाका भौगोलिक एकाईहरुमा मासिक रुपमा सम्पन्न हुने गरेको छ । विशेष गरि संस्थाले सञ्चालन गर्दै आएको चेतनामुलक सरसफाई अभियान कार्यक्रममा हामीले हाम्रो घर,आँगन ,करेशावारी सफा राख्नुपर्छ भन्ने सन्देशका साथ आयोजना गरिएको थियो । यस प्रकारका कार्यक्रमले स्थानिय बासिन्दाहरुलाई थप सरसफाईमा सजग बनाएको हुुँदा सरसफाई कार्यक्रमलाई निरन्तर सञ्चालन गर्ने संस्थाको योजना समेत रहेको ।

Related Posts :

Comments :