NMC-COOP

घरदैलो,सुत्केरी भेटघाट र समवेदना कार्यक्रम सम्पन्न

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको कालिकोशी सेवाकेन्द्रले मिति २०८१।०३।२० गते एकाई नं ६ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । जम्मा २४ जना सहभागिहरुको उपस्थितिमा सम्पन्न भएको घर दैलो कार्यक्रममा ३ जना नयाँ सदस्यले संस्थामा सदस्यता लिएका थिए । दिनको १२ बजे देखि ३ बजे सम्म सम्पन्न भएको उक्त घरदैलो कार्यक्रमममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । सहभागि सदस्यहरुले यस प्रकारको घर दैलो कार्यक्रमले गर्दा घरमै बसी बसी संस्थाको बारेमा जानकारी प्राप्त गर्न पाएकोमा खुुशि व्यक्त गरेका थिए ।

त्यसै गरी एकाई नं २ मा सुद्धाई खर्च वापत रु.१०००० प्रदान गरिएको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारको मृत्युुमा संस्थाको तर्फबाट सुुद्धाई खर्च भुक्तानी गरिने गरिएको छ । सोही दिन एकाई नं ६ का सदस्यकोमो सुत्केरी भेटघाट कार्यक्रम समेत सम्पन्न गरिएको थियो । तिनै वटा कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख सिता चौलागाईले गरेकी थिइन् ।

Related Posts :

Comments :