नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गको दाम्राभिट्टा सेवाकेन्द्रले मिति २०८१।०३।२८ गते सदस्य श्री बुद्धिमान तामङ्गलाई निजको श्रीमतिको निधनमा सेवाकेन्द्रको तर्फबाट समवेदना सहित सुद्धाईँ खर्च प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप मृत्यु राहात कोषमा योगदान गरेका सदस्यको एकाघर परिवारमा मृत्यु हुुँदा संस्थाको तर्फबाट रु.१०००० बराबर सुद्धाई खर्च प्रदान गरिने व्यवस्था रहेको छ । सुद्धाँई खर्च वितरण तथा समवेदना कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी, भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण सेवाकेन्द्र प्रमुख सुशिल चन्द्र खनालले गरेका थिए ।
