NMC-COOP

खुट्टिडाँगी सेवाकेन्द्रबाट सुद्धाँई खर्च भुक्तानीः

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको खुटिडाँगी सेवाकेन्द्रले मिति २०८१।०४।०७ गते एकै दिन दुई जाना सदस्यकोमा सुद्धाँई खर्च भुुक्तानी गरेको छ । सेवाकेन्द्र अन्तर्गतका सदस्य निर्मला चम्लागाँई र सदस्य दिपा नेपाललाई निजहरुको श्रीमानको निधनमा समवेदना सहित सुद्धाईँ खर्च वापत रु.१०००० का दरले भुक्तानी गरेको छ । समवेदना तथा सुद्धाँई खर्च भुक्तानी कार्यक्रममा सेवाकेन्द्रगत उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० प्रदान गर्ने गरेको छ ।

Related Posts :

Comments :