NMC-COOP

सुद्धाँई खर्च तथा मृत्यु राहत भुक्तानी

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको शैनिकबजार सेवाकेन्द्रले मिति २०८१।०४।१३ गते सदस्य श्री हेम कुमार लोहारको श्रमती स्व. रञ्जना हाङ्गसरुम्बाको निधनमा समवेदना सहित सुद्धाँई खर्च वापत रु.१०००० प्रदान गरेको छ । साथै सोहि दिन एकाई नं १ का सदस्य स्व. पेङ्गमा जम्बु शेर्पाको निधनमा परिवारलाई समवेदना साथे मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान गरेको छ । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युुमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०००० र सदस्य स्वयमको मृत्युमा मृत्यु राहत वापत ५०००० प्रदान गर्ने गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा शैनिबजार सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । दुवै कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख सन्तोष ढुुगानाले गरेका थिए ।

Related Posts :

Comments :