नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१ साल साउन २२ गते मंगलबारको दिन एकाई नं २ मालपोत एकाईमा घर दैलो तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं २ का संयोजक नेत्र कुमारी ढकालज्युको संयोजकत्व र स्थानीय उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा २४ जना सम्भावित सदस्यसँग प्रत्यक्ष भेटघाट गरि संस्थाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बेलबारी सेवाकेन्द्र प्रमुख रिता श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, संस्थाले सञ्चालन गरेका व्यवसाय, सदस्यलाई प्रदान गरिने सेवा तथा सुविधा, व्यवसायका उत्पादान लगायतका विषयमा सहजिकरण गरेकि थिइन् । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध विस्तार गर्न सहयोग पुगेको साथै संस्था प्रतिको विश्वासनियतामा बृद्धि भएको महशुष गरिएको थियो ।
बेलबारी सेवाकेन्द्रमा घर दैलो तथा सरसफाई कार्यक्रमः
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
गरामनी सेवाकेन्द्रमा समबेदना सहित सुध्याइ
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मृतक सदस्यको परिवारलाई राहत रकम
- 02 January 2025
मोरङ्ग क्षेत्रलाई महिला कर्मचारीस्तरीय फुटसल
- 22 December 2024
मृतक सदस्यको परिवारलाई एकलाख नगद
- 13 November 2024