NMC-COOP

डिजिटल फ्राइडे कार्यक्रम सञ्चालनः

नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बिराटचौक सेवाकेन्द्रले मिति २०८१ साल साउन महिनाको २५ गते शुक्रबार एकाई नं १ मा यस आ.व ०८१।०८२ बाट शुरु गरिएको डिजिटल फ्राइडे कार्यक्रम सञ्चालन गरेको छ । सदस्यहरुलाई डिजिटल कारोवर सञ्चालन सम्वन्धी जानकारीे ,डिजिटल कारोवारका फाइदा तथा कारोवार सञ्चालन गर्दा अपनाउनुपर्ने सतर्कता सम्वन्धी जानकारी गराइएको थियो । एटिएम, मोबाइल बैङ्किग,क्यु आर सेवा लिएर निस्कृय रहेनुभएका सदस्यहरुलाई सक्रिय रहन प्रेरित गर्दै कार्यक्रम सञ्चालन गरिएको थियो । उक्त कार्यक्रममा सेवाकेन्द्रका कर्मचारीहरुले जम्मा १० जना सदस्यहरुलाई सहजिकरण गरेका थिए भने तिन जना सदस्यले मोबाईल बैङ्किग सेवाका लागि फारम समेत भरेका थिए । समग्रमा कार्यक्रम उपलब्धिमुलक रहेको थियो ।

Related Posts :

Comments :