नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको चारआली सेवाकेन्द्र मातहत गठित भौगोलिक एकाईहरुको संयोजनमा पाउ पाथिभरा मन्दिर चारआली परिसरमा बृहत सरसफाई अभियान कार्यक्रम मिति २०८१ साल साउन महिनाको २७ गते आइतबारको दिन बिहानको १०ः३० बजे सम्पन्न गरिएको थियो । संस्थाले सञ्चालन गरेका विभिन्न अभियानहरु मध्ये प्रत्येक महिना सम्पन्न गरिने सरसफाई अभियान कार्यक्रम फरक तरिकाले चारआली सेवाकेन्द्रको संयोजनमा सम्पन्न गरिएको थियो । सेवाकेन्द्र प्रमुख रोहित बुढाथाकिले सञ्चालन गरेको उक्त सरसफाई कार्यक्रममा चारआली सेवाकेन्द्रगत उपसमिति पदाधिकारी,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सक्रिय सहभागिता रहेको थियो । यस प्रकारको कार्यक्रमले समुदायमा सकारfत्मक सन्देश प्रवाह गरेको थियो । कार्यक्रममा करिव ३५ जनाको सहभागिता रहेको थियो ।
पाउ पाथिभरा मन्दिर परिसरमा सरसफाई कार्यक्रम
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026
अन्तर मावि हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
- 10 February 2026
एनएमसी हाजिरीजवाफ प्रतियोगितामा धुलाबारी मा.वि
- 22 December 2025
दाम्राभिट्टा सेवाकेन्द्र अन्तर्गत खुकुटोलामा घरदैलो
- 08 December 2025




