NMC-COOP

बेलाबारी सेवाकेन्द्रमा घरदैलो कार्यक्रम सम्पन्न

नेपाल बहुुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको बेलबारी सेवाकेन्द्रले मिति २०८१।०४।२७ गते एकाई नं १ मा घर दैलो कार्यक्रम सम्पन्न गरेको छ । एकाई नं १ का संयोजकको संयोजकत्व र स्थानीय उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त घर दैलो कार्यक्रममा एकाई क्षेत्र अन्तर्गतका सम्भावित सदस्यसँग प्रत्यक्ष भेटघाट गरि संस्थाको बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा बेलबारी सेवाकेन्द्र प्रमुुख रिता श्रेष्ठले संस्थाको संक्षिप्त परिचय, संस्थाले सञ्चालन गरेका व्यवसाय, सदस्यलाई प्रदान गरिने सेवा तथा सुविधा, व्यवसायका उत्पादान लगायतका विषयमा सहजिकरण गरेकि थिइन् । यस प्रकारको कार्यक्रमले संस्था र सदस्य विच सम्वन्ध विस्तार गर्न सहयोग पुगेको साथै संस्था प्रतिको विश्वासनियतामा बृद्धि भएको महशुष गरिएको थियो ।

Related Posts :

Comments :