झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिले सञ्चालन गरेको महिला कर्मचारीस्तरीय फुटसल प्रतियोगिता २०८१ को उपाधी मोरङ्ग क्षेत्रले जितेको छ । शनिबार पुस ६ गते धुलाबारी फुटसल एरिनामा भएको फाइनल खेलमा भद्रपुर केचनालाई हराउँदै मोरङ्ग क्षेत्र च्याम्पियन बनेको हो । उपाधि सहित मोरङ्गले रु. १२ हजार, प्रमाण–पत्र, शिल्ड र मेडल प्राप्त ग¥यो । उपविजेता भद्रपुर केचनाले भने रु. आठ हजार, प्रमाण–पत्र, शिल्ड र मडेल प्राप्त ग¥यो । प्लेयर अफ द टुर्नामेण्ट रिता गिरी भद्रपुरकेचनाबाट बन्नु भएको थियो ।
खेल क्षेत्रमा महिलाको सहभागिता होस् भन्ने उद्देश्यका साथ सञ्चालन गरिएको सो प्रतियोगिता संस्था अन्तर्गतको विभिन्न व्यवसाय तथा क्षेत्रलाई समेटी जम्मा ८ वटा टिमले प्रतिष्पर्धा गरेका थिए । कार्यक्रमको अध्यक्षता नवीन भण्डारी, खेलकुद उपसमिति संयोजकले गर्नुभएको थियो भने स्वागत मन्तब्य खेलकुद उपसमिति सदस्य, दिलेन्द्रकुमार कार्कीले दिनु भएको थियो ।
संस्थाका अध्यक्ष:ठाकुरप्रसाद सिवाकोटी, संस्थापक अध्यक्ष:रामचन्द्र उप्रेती, सदस्य सञ्चालक समिति:पवित्रा न्यौपाने, प्रमुख कार्यकारी अधिकृत:लक्ष्मीप्रसाद उप्रेती, हरिप्रसाद तिम्सिना, सकुन्तला अधिकारी, गंगाप्रसाद मैनाली ,अम्बिकादेवी मैनालीको समेत विशेष उपस्थिीतमा सम्पन्न भएको सोे प्रतियोगितामा कार्यक्रमको सञ्चालन सामुदायिक विभाग कर्पोरेट प्रमुख अरुणकुमार प्रधानले गर्नुभएको थियो ।