सुरुङ्गा, १७ फागुन । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. खेलकुद उपसमितिद्धारा आयोजित अन्तर सहकारी सुपरसिक्स क्रिकेट प्रतियोगताको उपाधी नवप्रभात सहकारी संस्था लि. भद्रपुरले हात पारेको छ ।

सहकारी अभियानमा सम्बद्घ संस्थाहरुमा आपसी समझदारी, मित्रता एवम् निकट कार्य व्यवहार सम्बन्धलाई उजागर गर्ने उद्देश्यका साथ आयोजित प्रतियोगितामा आयोजक सहित ८ वटा सहकरी संस्थाको सहभागिता रहेको थियो । फाइलन खेल नवप्रभात सहकारी संस्था लि. भद्रपुर र मेची मासु उत्पादक सहकारी संस्था लि. काँकरभिट्टा विच भएको थियो । टस हारेर पहिलो ब्याटिङ गरेको मेची मासुले ५७ रनको लक्ष्य प्रस्तुत गरेको थियो भने नवप्रभात सहकारी संस्थाले ५७ रनको लक्ष्य ३ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो ।

नवप्रभातले उपाधीसहित नगद रु. ३०००० ट्रफि प्रमाणपत्र र मेडल हात पारेको थियो भने उपविजेता बनेको मेची मासु सहकारीले नगद २०००० ट्रफि प्रमाणपत्र र मेडल हात पारेको थियो ।
प्रतियोगिताको उत्कृष्ट बलर आधुनिक साकोस काँकरभिट्टाका नुरी निसार, उत्कृष्ट व्याटर मेची मासुका भीम सिटौला तथा सर्वोत्कृष्ट खेलाडी नवप्रभात सहकारी संस्थाका मनिष कामती भएका थिए ।
कार्यक्रमको प्रमुख अतिथ्यता कन्काई नगरपालिकाको प्रमुख राजेन्द्रकुमार पोख्रेलले गर्नु भएको थियो भने अध्यक्षता खेलकुद उपसमिति संयोजक नवीन भण्डारीले गर्नु भएको थियो र कार्यक्रमको सञ्चालन कर्पोरेट सामुदायिक विभाग प्रमुख अरुणकुमार प्रधानले गर्नुभएको थियो ।