
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., दुधे सेवाकेन्द्रका सक्रिय सदस्य तथा संस्थाको चौथो व्यवसाय — सहकारी पसल व्यवसायगत उपसमितिका सह-संयोजक गुरुप्रसाद पाठकज्यूका बुबा श्री लोकनाथ पाठकको ९४ वर्षको उमेरमा मिति २०८२/०३/१६ गते भएको असामयिक निधन पश्चात्, ७औँ दिनको पुण्यतिथिका अवसरमा मिति २०८२/०३/२२ गते श्रद्धाञ्जली कार्यक्रम सम्पन्न गरिएको छ।
कार्यक्रममा संस्थाका सञ्चालक समितिका सदस्यहरू, सहकारी पसल व्यवसाय उपसमितिका संयोजक तथा अन्य पदाधिकारीहरू, दुधे सेवाकेन्द्र अन्तर्गतका समितिका पदाधिकारीहरू, क्षेत्रीय प्रमुख, सेवाकेन्द्र प्रमुख, कोपसप प्रधान कार्यालय तथा दुधे सेवाकेन्द्रका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
उक्त अवसरमा, संस्थाबाट प्रदान गरिने मृत्यु राहत कोष अन्तर्गत पहिलो किस्ताको रकम रु ४५,००० (पैँतालीस हजार रूपैयाँ) स्व. लोकनाथ पाठकका परिवारलाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गरेका थिए।




