
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि., बुधबारे सेवाकेन्द्र, एकाई नं. ३ द्वारा सञ्चालित “मेरो १ रुपैया” अभियान अन्तर्गत संकलित रकम तथा संस्थाको लागत सहभागितामा बुद्धशान्ति गाउँपालिका–१, होक्सेमा अवस्थित जेष्ठ नागरिक तथा अपांग भेटघाट चौतारीलाई १ थान दराज र १७ थान कुर्सी हस्तान्तरण गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत आयोजित सो हस्तान्तरण कार्यक्रम २०८२ साल असार २१ गते शनिबारका दिन सफलतापूर्वक सम्पन्न भएको हो।
कार्यक्रममार्फत चौतारीमा बसोबास गर्ने जेष्ठ नागरिकहरू र अपांगता भएका व्यक्तिहरूको सुविधालाई ध्यानमा राख्दै आवश्यक सामग्रीहरू सहयोग स्वरूप प्रदान गरिएको हो।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले भविष्यमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर योगदान पु¥याउने प्रतिबद्धता जनाएको छ।




