
मिति २०८२।०३।२३ गते, नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. धुलाबारी सेवाकेन्द्र अन्तर्गत गठित धुलाबारी स्टुडेन्ट सेभिङ क्लवमा वित्तीय साक्षरता तथा खेलकुद सामग्री वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ।
कार्यक्रमको प्रमुख सहजिकरण युवा तथा विधार्थी सरोकार उपसमिति सम्योजक गोपाल प्याकुरेलले गर्नुभएको थियो। कार्यक्रममा सेवाकेन्द्र उपसमिति पदाधिकारी, सेवाकेन्द्रका कर्मचारी, विद्यालयका प्रधानाध्यापक, शिक्षक तथा २५३ जना विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमले विद्यार्थीहरूलाई वित्तीय साक्षरताको महत्वबारे जानकारी दिँदै, उनीहरूको सर्वाङ्गिण विकासमा टेवा पुर्याउने उद्देश्यले खेलकुद सामग्रीहरू वितरण गरिएको हो। सहभागीहरूबाट कार्यक्रमप्रति सकारात्मक प्रतिक्रिया प्राप्त भएको थियो।




