NMC-COOP

सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण सम्पन्न

विर्तामोड, कार्तिक १७ — नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको शिक्षा तथा तालिम उपसमितिद्वारा “सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरस्तरीय अभिमुखीकरण” कार्यक्रम सोमबार विर्तामोडमा सम्पन्न भएको छ।

कार्यक्रममा सहकारी पसलका इन्चार्ज तथा सुपरभाइजरहरुलाई उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ पसलको सजावट, ग्राहकमैत्री व्यवहार, स्टक व्यवस्थापन लगायतका विषयमा सहजीकरण गरिएको थियो।

कार्यक्रममा प्रमुख सामुदायिक विभाग कर्पोरेटका प्रमुख अरुणकुमार प्रधानले सञ्चालन गरेका थिए भने शिक्षा तथा तालिम उपसमितिका सदस्य डम्बरबहादुर बस्नेतले स्वागत मन्तव्य राख्दै कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए।

कार्यक्रमको अध्यक्षता शिक्षा तथा तालिम उपसमितिकी संयोजक सावित्रा दाहाल भट्टराईले गर्नुभएको थियो।

सहजकर्ता सेवक बजगाईले मुख्य प्रशिक्षण सत्र संचालन गर्नुभएको थियो।

कार्यक्रममा संस्थापक अध्यक्ष रामचन्द्र उप्रेती र अध्यक्ष ठाकुरप्रसाद सिवाकोटीको विशेष उपस्थिति रहेको थियो।

उक्त कार्यक्रममा २३ जना सहकारी पसल इन्चार्ज तथा सुपरभाइजरहरूको सहभागिता रहेको थियो।

Related Posts :

Comments :