नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि. अन्तर्गतको दुधे सेवाकेन्द्रले मिति २०८१।०४।१६ गते एकै दिन सुद्धाँई खर्च तथा मृत्यु राहत वापतको रकम सदस्य परिवारमा भुक्तानी गरेको छ । दुधे सेवाकेन्द्रले सदस्य याम कुमार तुम्बापो लिम्बुको आमाको निधनमा समवेदना सहित सुद्धाँई खर्च भुक्तानी गरेको छ भने शेयर सदस्य कृष्णमाया पाठकको निधनमा मृत्यु राहत वापतको पहिलो किस्ता रु.४५००० प्रदान गरेको छ । उक्त समवेदना तथा राहत वितरण कार्यक्रममा संस्थाका सञ्चालक समितिका अध्यक्ष,दुुधे सेवाकेन्द्रगत उपसमिति पदाधिकारी ,भौगोलिक एकाई उपसमिति पदाधिकारी तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । दुवै कार्यक्रमको सञ्चालन सेवाकेन्द्र प्रमुख भक्तिप्रसाद भण्डारीले गरेका थिए । संस्थाको नीतिगत व्यवस्था अनुरुप एकाघर परिवारका सदस्यको मृत्युमा संस्थाले सुद्धाँई खर्च वापत रु.१०,००० र सदस्य स्वयमको मृत्युमा मृत्यु राहत वापत ५०,००० प्रदान गर्ने गरेको छ ।
सुद्धाँई खर्च तथा मृत्यु राहत रकम भुक्तानी
Notices:
- पशुपालनसँग सम्बन्धित यान्त्रिकरण खरिद सम्बन्धी कोटेसन आह्वान24 Sep
- सदस्य सहजकर्ता पदमा आवेदन पेश गर्ने म्याद थप गरिएको सूचना26 Apr
- पशु परामर्शदाता छनोट सम्बन्धी सूचना !09 Apr
- तालिमी सहायक अधिकृत र बरिष्ठ सहायक तेस्रो पदमा आवेदन दिन म्याद थप गरिएको सूचना22 Mar
- खुला प्रतिस्पर्धाको परीक्षा कार्यक्रम सम्बन्धी सूचना ।22 Mar
Related Posts :
नेपाल बहुउद्देश्यीय सहकारी संस्था लि.को
- 11 May 2026
एकदिवसीय उद्घोषण तालिम सम्पन्न
- 26 April 2026
५०,००० पोइन्ट रिडिममा सहकारी पसलद्वारा
- 26 April 2026
Mini Tiller Handover Program
- 10 April 2026
दाम्राभिट्टा सेवाकेन्द्रको घरदैलो कार्यक्रम सम्पन्न
- 06 April 2026




